मधेस प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेस प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

मंगलबार दिउँसो प्रदेश प्रमुख हरिशंकर मिश्रले नेकपा माओवादीकातर्फबाट उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादवलाई शपथ खुवाएका हुन्। उनले देश र जनताको नाममा मैथिली भाषामा शपथ लिएकी हुन् ।

सोही मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका माओवादीका सांसद रहबर अन्सारीले पनि आजै शपथ लिएका छन्। मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई शपथ खुवाएका हुन्। उनले भोजपुरी भाषामा शपथ लिएका छन् ।

मन्त्री यादव समानुपातिकतर्फ र राज्यमन्त्री अन्सारी प्रत्यक्षतर्फ पर्सा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र क बाट निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *