पिपुल्स चवाइस अवार्डको मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले आयोजना गर्ने बजाज पल्सर स्पोर्ट्स अवार्डको पिपुल च्वाइस विधाको मनोनयन सार्वजनिक भएको छ ।  एनएसजेफले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै मनोनयन सार्वजनिक गरेको हो ।

यस वर्ष पिपुल्स च्वाइस अवार्डको मनोनयनमा क्रिकेटका आसिफ शख, टेनिसकी अभिलाषा विस्ट, फुटबलका अन्जन विस्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी परेकी छन् । अवार्डको  विजेताको टुंगो फागुन २३ गते हुनेछ । विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।

त्यसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *