आज श्री शाके १९४४ बि.स. २०७९ माघ २३ गते सोमबार तद्अनुसार इश्वी सन् २०२३ फेब्रुवरी ६ तारीख फागुन कृष्णपक्ष प्रतिपदा तिथि । अश्लेषा नक्षत्र सौभाग्य योग वालव करण चन्द्रमा कर्कट राशिमा पश्चात सिंह राशिमा आनन्दादि योगमा सौम्य योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प. सरोज घिमिरे)
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मान्यजनहरूसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन हुनसक्ने छ । सामान्य कार्यमा अधिक श्रम खर्चनु पर्ने समय रहेको छ । पुराना मित्रजनहरूसँगको भेटघाटले मन प्रशन्न रहने छ । सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु पर्नेछ । पारिवारिक झरझमेलाले सताउन सक्नेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आय आर्जनका निम्ति अधिक श्रम तथा यात्रा गर्नुपर्ने समय रहेको छ । मित्रजन तथा दाजुभाइबीचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ । मान्यजनहरूको साथ सहयोग मनग्य प्राप्त हुनेछ । मान प्रतिष्ठामा सामान्य आँच आउन सक्ने सम्भावना रहेको छ । यात्राका क्रममा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
भोजभतेर तथा सभासम्मेलनमा सहभागिता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय व्यतित रहनाले मन प्रशन्न रहने छ । वाणिमा अस्थिरता छाउनाले नजिकका आफन्तजनहरूसँगको सम्बन्धमा तनाब उत्पन्न हुन सक्नेछ । स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भावना रहेको छ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहने छ । व्यापार व्यवसायका क्षेत्रमा समय उत्तम रहेको छ । स्वास्थ्य क्षेत्रमा सामान्य सुधार रहने छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । पारिवारिक साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । अध्यन अध्यापनमा समय मध्यम रहने छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कार्य सम्पादनप्रति अरूको दवाबको महसुस हुनाले दिन तनाबपूर्ण ब्यतित रहला । प्रतिस्पर्धीहरू सवल रहनाले हर कदममा सजग रहनुहोला । स्वास्थ्यमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेको छ । परिवारका सदस्यहरूबाट टाढा भएको महसुस रहने छ । असम्बन्धित व्यक्तिहरुको विश्वासमा नपर्नु होला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आयआर्जनका विभिन्न स्राेतसाधनहरू फेला परे तापनि मानसिक चन्चलताले कार्य क्षेत्रमा व्यवधान आइपर्नेछ । अध्यन अध्यानपनमा अधिक समय ब्यतित गर्नुपर्ने छ । रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम प्रतिफल प्राप्त रहने छ । बोलीका कारण आफन्त जनहरूसँग तनाब उत्पन्न हुने छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सभासम्मेलनमा सहभागिता हुने तथा सामान्य मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । कार्यप्रतिको लगनशीलतामा बृद्धि हुनेछ । मनोरञ्जनका निम्ति सामान्य खर्चको सम्भावना रहेको छ । मानसिक चन्चलताले सताउने छ । भौतिक स्राेतसाधनको प्रयोगमा समय ब्यतित रहला । नयाँ कार्य थालनीमा सावधान अपनाउनु होला ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्राका क्रममा सामान्य खर्चको सम्भावना रहेको छ । तपाईँको कार्य सम्पादनको श्रेय असम्बन्धित ब्यक्तित्वहरूले प्राप्त गर्नेछन् । नजिकका मित्रजनहरूसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहने छ । परिवारका सदस्यहरूसँगको सम्बन्धमा सामान्य मन मुटाब उत्पन्न हुनेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ्य सम्बन्धि समस्याका कारण सामान्य तनाव उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्ने छ । खानपानका क्षेत्रमा विशेष सजग रहनुहोला । पुरानो लगानी उठाउन समयले साथ दिनेछ । असम्बन्धित व्यक्तित्वहरूका कारण कार्य क्षेत्रमा सामान्य दवावको सामना गर्नुपर्ने सम्भावना रहने छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शारीरिक आलस्यताका कारण गरिरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्ने छ । मान प्रतिष्ठामा सामान्य आँच आउन सक्ने सम्भावना रहेको छ । व्यापार व्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहने छ । अध्यन अध्यापन मध्यम रहने छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
तपाईँद्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको बृद्धि हुनेछ । स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने छ । अनावश्यक खर्चको सम्भावना रहेको छ । असम्बन्धित व्यक्तिहरूको विश्वासमा नपर्नु नै उत्तम रहने छ । यात्रामा सामान्य झन्झट आइपर्न सक्ने छ । सामाजिक कार्यका क्षेत्रमा जुट्ने विशेष समय रहेको छ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बौद्धिक व्यक्तित्वहरुको साथ सहयोगमा दीर्धकालीन आम्दानीका स्राेतहरु फेला पर्नेछन् । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहने छ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानी लिन सकिने छ । स्वास्थ्य्यका निम्ति सामान्य खर्चको सम्भावनासमेत रहेको छ । स्वास्थ्यमा सामान्य सुधारको योग रहेको छ ।