दक्षिणकाली माताले सबैको कल्याण गरुँन् ! हेर्नुहोस् माघ २२ गते आजको राशिफल

आज श्री शाके १९४४ बि.स. २०७९ माघ २२ गते आइतबार तद्अनुसार इश्वी सन् २०२३ फेब्रुवरी ५ तारीख माघ शुक्ल पक्ष पूर्णिमा तिथि । तिष्य नक्षत्र पश्चात अश्लेषा नक्षत्र आयुष्मान योग भद्रा करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा श्रीवत्स योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत श्रीस्वस्थानी व्रत समाप्ति झापाकीचकवधमेला माघस्नान समाप्ती सिपुन्हि, माघयात्रा (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मान्यजनहरूसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन हुन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम खर्चनु पर्ने समय रहेको छ । पूराना मित्रजनहरुसँगको भेटघाटले मन प्रशन्न रहनेछ । सवारी साधनको प्रयोगमा विशेष साबधानी अपनाउनु पर्नेछ । पारिवारिक झरझमेलाले सताउन सक्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आय आर्जनका निम्ति अधिक श्रम तथा यात्रा गर्नुपर्ने समय रहेको छ । मित्रजन तथा दाजुभाइ बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजन हरुको साथ सहयोग मनग्य प्राप्त हुनेछ । मान प्रतिष्ठामा सामान्य आँच आउन सक्ने सम्भावना रहेको छ । यात्राका क्रममा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
भोजभतेर तथा सभा सम्मेलनजन्य कार्यमा सहभागिता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ । वाणिमा अस्थिरता छाउनाले नजिकका आफन्तजनहरूसँगको सम्बन्धमा तनाब उत्पन्न हुन सक्नेछ । स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भावना रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेको छ । स्वास्थ क्षेत्रमा सामान्य सुधार रहनेछ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । पारिवारिक साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । प्रतिश्पर्धीहरू सवल रहनाले हर कदममा सजग रहनुहोला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेको छ । परिवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । असम्बन्धित व्यक्तिहरुको विश्वासमा नपर्नुहोला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आय आर्जनका विभिन्न स्राेत साधनहरु फेला परे तापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आइपर्नेछ । अध्ययन अध्यानपनमा अधिक समय ब्यतित गर्नु पर्नेछ । रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम प्रतिफल प्राप्त रहने छ । बोलीका कारण आफन्तजनहरुसँग तनाब उत्पन्न हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सभा सम्मेलन जन्य कार्यमा सहभागिताकाे साथै सामान्य मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । कार्यप्रतिको लगनशीलतामा बृद्धि हुनेछ । मनोरञ्जनका निम्ति सामान्य खर्चको सम्भावना रहेको छ । मानसिक चन्चलताले सताउने छ । भौतिक स्राेत साधनको प्रयोगमा समय ब्यतित रहला । नयाँ कार्य थालनीमा सावधानी अपनाउनु होला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्राका क्रममा सामान्य खर्चको सम्भावना रहेको छ । तपाइको कार्य सम्पादनको श्रेय असम्बन्धित व्यक्तिहरुले प्राप्त गर्ने छन् । नजिकका मित्रजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुने छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । परिवारका सदस्यहरुसँगको सम्बन्धमा सामान्य मन मुटाब उत्पन्न हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ सम्बन्धि समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा विशेष सजग रहनुहोला । पुरानो लगानी उठाउन समयले साथ दिनेछ । असम्बन्धित व्यक्तित्वहरूका कारण कार्य क्षेत्रमा सामान्य दवावको सामना गर्नुपर्ने सम्भाबना रहने छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शारीरिक आलस्यताका कारण गरिरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्ने छ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ । मान प्रतिष्ठामा सामान्य आँच आउन सक्ने सम्भावना रहेको छ । व्यापार व्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहने छ । अध्यन अध्यापन मध्यम रहने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
तपाईँद्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको बृद्धि हुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने  छ । अनावश्यक खर्चको सम्भावना रहेको छ । असम्बन्धित व्यक्तिहरुको विश्वासमा नपर्नु नै उत्तम रहने छ । यात्रामा सामान्य झन्झट आईपर्न सक्नेछ । सामाजीक कार्यका क्षेत्रमा जुट्ने विशेष समय रहेको छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बौद्धिक व्यक्तित्वहरुको साथ सहयोगमा दीर्धकालिन आम्दानीका स्राेतहरू फेला पर्ने छन् । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानी लिन सकिनेछ । स्वास्थका निम्ति सामान्य खर्चको सम्भावना समेत रहेकोछ । स्वास्थमा सामान्य सुधारको योग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *