काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ ।
काठमाडौंको वसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले बैठक बस्न लागेको हो । रास्वपाको यसअघिको बैठकले गृह मन्त्रालय पुनः आफैँले पाउनुपर्ने अडान राखेको थियो । गृह मन्त्रालय आफूलाई दिन माग गर्दै दुई दिने अल्टिमेटम दिएको रास्वपाले आकस्मिक बैठक बस्न लागेको हो ।