विश्व हिन्दू युवा संघ स्याङ्जाद्वारा गौ संरक्षण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्याङ्जा । विश्व हिन्दू युवा संघ स्याङ्जाद्वारा गौ संरक्षण एंव  गौको महत्त्व विषयक अन्तरक्रिया कार्यक्रम भिरकोट ८ मा सम्पन्न गरेको छ ।कार्यक्रमको अध्यक्षता विश्व हिन्दु युवा संघ स्याङ्जाका जिल्ला अध्यक्ष नवराज पौडेलले गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि भिरकोट नगरका नि वर्तमान मेयर छायाराम खनाल, विशिष्ठ अतिथिमा भिरकोट नगरका उप मेयर भगबती रेग्मी अर्याल,नगर प्रवक्ता एबम वार्ड न १का वार्ड अध्यक्ष दीपेन्द्र केसी,विश्व हिन्दु महासंघ भिरकोट का अध्यक्ष एबम भिरकोट ८ का वार्ड अध्यक्ष नन्दलाल खनाल,विश्व हिन्दु युवा संघका केन्द्रीय सदस्य एबम वालिङ -११ का वार्ड अध्यक्ष डण्ड पानी पंगेनी,विश्व हिन्दू युवा संघ स्याङ्जाका प्रवक्ता हरी रेग्मी,जिल्ला सदस्य बबिन पाठक,स्थानीय आमा समुह ,गौशालाका अध्यक्ष,बौदिक वर्ग लगायत को उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि छायाराम् खनालले गाईको महत्त्व को बारेमा चर्चा गरेका थिए ।उनले गाईको धार्मिक रुपमा मात्र नभई गाईको धेरै ठाउँमा उपयोगिता रहेको कुरा बताउनुभएको थियो । गाईको मुत्रले धेरै रोगको निवारण गर्ने र यसको दूधको धेरै नै महत्त्व भएको कुरा बताएका थिए । उनले आफ्नो गाउँ बनाउन सबै जना लाग्नु पर्ने र गौशलाको लागि हामी आफै कसिन पर्ने बताए । विश्व हिन्दु युवा संघलाइ धेरै नै राम्रो कार्यक्रम गरेको भन्दै प्रशंसा गरेका थिए । उप मेयर अर्यालले पनि गाईलाई हामीले लक्ष्मीको रुपमा पुज्ने र यसको धेरै नै महत्त्व रहेको कुरा बताएका थिए । उनले आफ्नो तर्फ आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले गाई संसारको माता रहेको र गाईको आयुर्वेदमा ३६ हजार सूत्र भएको यसलाई हामीले चिन्नु पर्ने कुरा बताएका थिए । गौशाला र संरक्षण गर्न विश्व हिन्दू युवा संघ सधैं लागि पर्ने कुरा बताएका थिए ।अब छिट्टै नै गौ संरक्षणका लागि आफू हरु जिल्ला व्यापी लाग्ने कुरा उनले बताए । साथै कार्यक्रममा नि वर्तमान मेयर खनाललाई विश्व हिन्दू युवा संघ स्याङ्जाले गौ संरक्षण आफू मेयर हुँदा र अहिले पनि गरेको काम प्रति सम्मान गरेको छ ।

कार्यक्रममा नगर प्रवक्ता दीपेन्द्र केसी,वार्ड न -८ का वार्ड अध्यक्ष नन्द लाल खनाल,वालिङ -११ का वार्ड अध्यक्ष डण्ड पानी पंगेनी,गौशाला का अध्यक्ष लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको स्वागत मन्तब्य जिल्ला प्रवक्ता हरी रेग्मीले राखेका थिए  भने कार्यकमको सञ्चालन विश्व हिन्दु महासंघ भिरकोट उपाध्यक्ष विष्णु काफ्ले ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *