मेरो कुरा हुँदैछ, सत्ता गठबन्धनभित्रको समस्या समाधान हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनभित्रको समस्या छिट्टै समाधान हुने बताएका छन् ।

शनिबार स्थायी कमिटीको बैठकपछि पार्टी केन्द्रीय कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले गठबन्धनभित्रको समस्या छिट्टै समाधान हुने बताएका हुन् ।

उनले भने, ‘अहिले मेरो कुरा हुँदैछ। समस्या समाधान हुन्छ।’ गृह मन्त्रालय पाउनपर्ने माग राख्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले दुई दिनको समय दिएको छ। उसले दिएको समय सीमा आज सकिँदैछ ।

यसअघि आज बिहान प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि भेटवार्ताा भएको थियो । भेटमा गृहमन्त्री नियुक्तिमा केन्द्रित रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *