काठमाडौं । बंगलादेशमा शुक्रबारबाट शूरु भएको साफ यु-२० महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल पराजीत भएको छ । शुक्रबार बेलुकी भएको खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३-१ गोलले पराजीत भएको हो ।
ढाकाको मुस्तफा कमल मैदानमा भएको खेलमा बंगलादेशको लागि मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले समान एक-एक गोल गरे । नेपालका लागि मनमाया दमाईले एक गोल फर्काइन् ।
हिजै भएको प्रतियोगिताको उद्धाटन खेलमा भारतले भुटानलाई १२-० गोलले पराजीत गरेको थियो । प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, भारत र भुटान सहभागि छन् ।