काठमाडौं । बंगलादेशमा आजबाट शुरु भएको साफ यु-२० महिला च्याम्पियनसिपमा भारतले शानदार शुरुवात अग्रेको छ । शुक्रबार दिउँसो भएको प्रतियोगिताको उद्धाटन खेलमा तुलात्मक रुपमा कमजोर भुटानलाई १२-० गोलले हराउँदै भारतले शानदार शुरुवात गरेको हो ।
ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा भारतलाई जीत दिलाउन नेहा, अनिता कुमारी र ल्यन्डा कोम सेर्टोले ह्याट्रिक पूरा गर्दा अपुर्ना नाजारीले दुई र नितु लिन्डाले एक गोल थपिन् ।
यस्तै आजै हुने दोस्रो खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्दैछ ।