तीनै तहमा कार्यरत बहालवाला कर्मचारीलाई उमेर हद नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले लोकसेवा आयोग पास गरी जुनसुकै तहमा कार्यरत बहालवाला कर्मचारीलाई उमेर हद लगाएर नरोक्न अन्तरिम आदेश दिएको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीश कुमार चुडालको इजलासले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत बहालवाला कर्मचारीलाई लोकसेवा आयोगले खोल्ने विज्ञापनमा उमेर हद लगाएर नरोक्न अन्तरिम आदेश दिएको हो ।

लोकसेवा आयोगलाई विपक्षी बनाएर रिट परेको थियो। निजामती सेवाका विभिन्न पदहरूमा प्रतिस्पर्धा गर्दा बहालवाला कर्मचारीहरूलाई उमेरहद नलाग्ने आदेशमा उल्लेख छ ।

यो आदेशसँगै समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरूलाई माथिल्लो तहमा प्रतिस्पर्धा गर्न उमेरको बन्देज लाग्ने छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *