काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले फौजदारी अभियोगमा दोषी ठहर भएका सांसद अरुणकुमार चौधरीलाई पक्राउ गरेको विरोध गर्दै २४ घन्टाभित्र छोड्न अल्टिमेटम दिएको छ । १० वर्ष अघि कैलाली जिल्ला अदालतबाट दोषी ठहर भएका चौधरी बिहीबार बाँकेबाट पक्राउ परेका थिए ।
पार्टीले बिहीबार पत्रकार सम्मेलनमार्फत प्रेस विज्ञप्ति जारी गर्दै कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका अरुणकुमार चौधरीलाई रिहा नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।