मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता लिँदैनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएकोसमर्थन फिर्ता नलिने बताएका छन् ।

बिहीबार पार्टी स्थायी कमिटी बैठकपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले रास्वपाले समर्थन फिर्ता नलिने बताएका हुन् । उनले भने, ‘मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता लिँदैन।’

प्रधानमन्त्रीले अहिले नै राजनीतिक समीकरण नफेरिने बताए । सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाएपछि सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा छलफल गर्न रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बसिरहेको छ ।

लामिछानेले आफूलाई गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेपनि प्रधानमन्त्रीले सर्वोच्च अदातलको पूर्णपाठ नआएसम्म दिन नसकिने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *