मेरो मौनता आजसम्मका लागि मात्रै हो, म अभिमन्यु होइनः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत सभापति लामिछानेले आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *