सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । पछिल्लो समय सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । बिहीबार छापावाल सुनको कारोबार प्रतितोला एक लाख सात हजार पाँच सय तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख छ हजार तीन सयमा कारोबार भएको सुन बिहीबार प्रतितोला एक हजार दुई सयले बढ्दा नेपाली बजारमा सुनको कारोबार मूल्य हालसम्मकै उच्च भएको हो । यसअघि यही माघ १२ गते सुनको कारोबार प्रतितोला एक लाख छ हजार नौ सय पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख सात हजार छ । अघिल्लो दिन उक्त सुन एक लाख पाँच हजार आठ सय पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार तीन सय ९५ पुगेको महासङ्घले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको असर परेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताए । महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दैआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *