काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक जना पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएइ) को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगोबलाई बुधबार राति पक्राउ गरेको हो ।
कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार प्लाई दुबईको एफ–२५७३ मार्फत काठमाडौँ आएका उनलाई गएराति १ बजे पक्राउ गरिएको हो । कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारका सुन ल्याएका थिए । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।