पीएसजीको सहज जीत

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन(पीएसजी)ले सहज जीत निकालेको छ । बुधबार राति भएको खेलमा मोन्टपेलिएरलाई ३-१ गोलले हराउँदै पीएसजी आफ्नो लयमा फर्किएको हो ।

स्ताडे डेला मोसनमा भएको खेलमा पीएसजीलाई जीत दिलाउन फावियन रुइज, लियोनल मेस्सी र वारेन जाइरे इमेरीले समान एक-एक गोल गरे । मोन्टपेलिएरको लागि अर्नाउद नोर्दीनले एक गोल फर्काए । ५५ औं मिनेटमा हुगोको पासमा रुइजले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

७२ औं मिनेटमा रुइजको पासमा मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । ८९ औं मिनेटमा स्टेफीको पासमा नोर्दीनले गोल गर्दै मोन्टपेलिएरलाई २-१ गोलको स्थितिमा ल्याए । यस्तै इन्जुरी समयको दोस्रो मिनेटमा हकिमीको पासमा इमेरीले गोल गर्दै पीएसजीलाई ३-१ गोलको जीत दिलाए ।

जीतसँगै पीएसजी २१ खेलवाट ५१ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । मोन्टपेलिएर समान खेलबाट २० अंक जोड्दै १४ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *