बार्सिलोनालाई शीर्ष स्थानमा ८ अंकको अग्रता

एजेन्सी ।  स्पेनिस लिग ला लिगामा बार्सिलोनाले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ । गएराति भएको खेलमा रियल बेटिसलाई २-१ गोलले हराउँदै बार्सिलोनाले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको हो ।

बार्सिलोनालाई जीत दिलाउन राफिन्हा र रोबर्ट लेवान्डोस्कीले समान एक-एक गोल गरे । बेटिसले एक गोल उपहार पाएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६५ औं मिनेटमा बाल्डेको पासमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई शूरुवाती अग्रता दिलाएका थिए ।

८० औं मिनेटमा अरौजोको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ८५ औं मिनेटमा कोउन्डेले आफ्नो पोस्टमा आत्मघाती गोल गरेपछि बेटिस खेलमा फर्किने प्रयास गरेको थियो । तर बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना २-१ गोलले विजयी भयो ।

जीतसँगै बार्सिलोना १९ खेलबाट ५० अंक जोड्दै लिगको शीर्ष स्थानमा यथावत छ भने समान खेलवात ३१ अंक जोडेको बेटिस छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *