एजेन्सी । म्यानचेस्टर युनाइटेड इंग्लिस लिग कपको फाइनलमा पुगेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नोट्टिन्हाम फरेस्टलाई २-० ले तथा समाग्रमा ५-० गोलले हराउँदै युनाइटेड लिग कपको फाइनलमा पुगेको हो ।
ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जीत दिलाउन एन्थोनी मार्सियल र फ्रेडले समान एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३ औं मिनेटमा रासफोर्डको पासमा मार्सियलले गोल गर्दै युनाइटेडलाई शुरुवाती अग्रता दिलाएका थिए ।
७६ औं मिनेटमा रासफोर्डकै पासमा फ्रेडले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा युनाइटेड २-० गोलले विजयी भएको हो । यसअघि भएको पहिलो लेगपनि युनाइटेडले ३-० ले जितेको थियो । अब युनाइटेडले उपाधिको लागि न्यूक्यासल युनाइटेडसँग खेल्नेछ ।