काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जाँदैछिन् । श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसमा सहभागिता जनाउन मन्त्री पौडेल श्रीलङ्का जान लागेकी हुन् ।
भोलि शुक्रबार र शनिबार आयोजना हुने दिवससँगै स्वतन्त्रता चोकमा हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा परराष्ट्रमन्त्री पौडेलले सहभागिता जनाउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो कार्यक्रममा उनले सम्बोधन गर्नेछिन् ।
पौडेलले श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने तथा त्यहाँको उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।