दक्षिणकाली माताले सबैको कल्याण गरुँन, हेर्नुहोस् माघ १९ गते आजको राशिफल

आज श्री शाके १९४४ बि.स. २०७९ माघ १९ गते बिहीबार इश्वी सन् २०२३ फेब्रुवरी २ तारीख माघ शुक्ल पक्ष द्वादशी तिथी । आर्द्ररा नक्षत्र वैधृति योग वालव करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा काण योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु भीष्मद्वादशी वटुमाघयात्रा सन्याडुली प्रदोषव्रत विश्व सिमसार दिवस (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अगाडि सारेका व्यक्तिद्वारा सम्पादित कार्यहरु बिफल हुने छन् । कठिना यात्राको योग रहेको छ । आँटेका कार्यमा कडा परिश्रम गर्नुपर्ने छ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईँको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनुपर्ला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
निरन्तर भइरहेका कार्यबाट विशेष लाभ लिन सकिने छ । अर्काको खुशीका लागि अनावश्यक परिश्रम खर्चिनु पर्नेछ । सोचेको भन्दा बढि मात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नुपर्न सक्छ । कार्य सम्पादनमा अरुको दवाबको अनुभव हुन सक्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
अरुको विश्वास गर्नाले दाम्पत्य जीवनमा खटपट उत्पन्न हुनेछ । अधिक आत्माविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन् । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछ । कार्य सम्पादनमा लगाइएको लगनशीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
टाढाको मित्रसँग अप्रत्यासित भेटघाट हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउने छ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जीवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा विचार पुर्याउनुहोला । प्रतिस्पर्धीहरू कमजोर रहनाले तपाइँलाइ कार्यक्षेत्र सहज बन्नेछ । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौद्धिकता खर्च हुनेछ । बाकपटुताको कारण कुरा काट्नेहरु चुप लागेर प्रशंसा गर्न थाल्नेछन् । पठन पाठन सफल रहनाले बौद्धिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्धीहरु कमजोर रहनेछन् । आम्दानीकाे क्षेत्र भने मध्यम रहेको छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्रास आउने छ । सफल कार्यसम्पादनको लागि कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परिश्रम खर्चिनु पर्नेछ । भौतिक स्राेतसाधनको प्रयोगमा समय ब्यतित रहला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्ने छ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउने छ । दुर्घटनापूर्ण यात्राको सम्भावना रहेको छ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिने छैन । नयाँ कार्यको थालनस्का निम्ति उत्तम समय रहेको छ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मान्यजनको स्वास्थ्यमा परेकाे नकारात्मक असरले मनमा खिन्नता छाउने छ । कार्यमा सही विश्लेषण गर्न नसक्दा पारिवारिक सम्बन्धमा वैमनश्यता उत्पन्न हुनेछ । अपरिचित ब्यक्तिहरुको विश्वास गर्नाले षड्यन्त्रमा फँसिएला, सजग रहनुपर्ने समय रहेको छ । भोजभतेरमा सरीक हुने अवसर प्राप्त हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिस्पर्धीहरु कमजोर रहने छन् । साझेदारीकाे काममा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आइपर्ला । तपाईँको कार्यले अन्य व्यक्तिहरूलाई मनग्य लाभ दिलाउने छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य क्षती ब्यर्होनु पर्ला । तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभावको सामना गर्नुपर्ला । नयाँ कार्य थालनीका निम्ति आँट र साहशमा कमि आउने छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निराशापुर्ण व्यतित हुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
पारिवारिक मेलमिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याका कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रेम सम्बन्धमा सुधार आउनेछ । सामान्य आम्दानी हुने योग रहेको छ । कार्य सम्पादनमा विभिन्न समस्याका कारण ढिलाइ रहन सक्छ । सवारी साधनको प्रयोगमा ध्यान दिनुपर्ने समय रहेको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गर्नु पर्ने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *