सन्दीपले भने-समयसँगै फेरि भेटौँला

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले निलम्बन फुकुवा भएसँगै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।

बुधबार साँझ सामाजिकमार्फत सन्दीपले समयसँगै फेरि भेट्ने बताएका हुन् । उनले भनेका छन्, ‘समयसँगै फेरि भेटौँला।’ नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबारमात्रै सन्दीपमाथिको निलम्बन फुकुवा गरेको थियो।

सन्दीपविरुद्ध एक किशोरीले बलात्कारको आरोपमा लगाउँदै जाहेरी दिएपछि उनलाई गत भदौ २३ गते क्यानको कार्यसम्पादन समितिले निलम्बन गर्ने निर्णय गरेको थियो ।

तर, उच्च अदालतको आदेशपछि २० लाख रुपैयाँ धरौटीमा रिहा भएपछि क्यानले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । सन्दीप पुस २९ मा २० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *