काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी) को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । बहराइनमा बुधबार भएको एएफसीको ३३ औं चुनावी कंग्रेसबाट नेम्वाङ कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन् ।
नेम्वाङ साउथ जोनबाट कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन् । साउथ जोनबाट माल्दिभ्सका बसम अदेल जालीलपनि कार्यसमितिमा निर्वाचित भएका हुन् ।
यस्तै एएफसीको अध्यक्षमा पुन: बहराइनका शेख सलमान विन अब्राहिम अल खालिफा निर्वाचित भएका छन् । शेख सलमान चार वर्षे नयाँ कार्यकालका लागि निर्वाचित भएका हुन् । उनी सन् २०१३ बाट एएफसीको अध्यक्ष रहँदै आएका छन् ।