गुलसनलाई यु-१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानी

काठमाडौं । नेपाल यु-१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानी गुलसन झाले गर्ने भएका छन् । युएईमा हुने आईसीसी यु-१९ विश्वकपको एसियाली छनोटमा गुलसनले कप्तानी गर्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को पोखरामा बसेको बैठकले गुलसनलाई युवा टोलीको कप्तानीको जिम्मेवारी दिएको हो । गुलसनले राष्ट्रिय टोलीबाट एकदिवसीय र टी-२० अन्तराष्ट्रिय खेलिसकेका छन् ।

क्यानले एसियाली छनोटको लागि चार वैकल्पिक खेलाडीसहित १८ खेलाडी छनोट गरिसकेका छ ।

नेपाली यू–१९ टोली :- आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल विक्रम केसी, मिलन बोहरा

वैकल्पिक खेलाडी :- प्रज्वल थापा, निर्मल थापा, तुलबहादुर थापा, राजेश यादव

Leave a Reply

Your email address will not be published. Required fields are marked *