क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा परेनन् सन्दीप, कुन खेलाडी कुन ग्रेडमा ?

काठमाडौं । राष्ट्रिय टोलीका पूर्वकप्तान तथा लेगस्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ(क्यान)को सेन्ट्रल कन्ट्रयाक्टमा परेनन् । पोखरामा मंगलबार बसेको बोर्ड बैठकले सन् २०२३ को जनवरी दखि जुनसम्म ६ महिनाको लागि १८ जना पुरुष खेलाडी र १२ जना महिला खेलाडीलाई कन्ट्रयाक्टमा राखेको हो ।

मंगलबारकै बैठकले सन्दीप माथिको निलम्बन फुकुवा गरेपनि कन्ट्रयाक्टमा राखेन । बलात्कार आरोपपछि क्यानले उनलाई निलम्बन गरेको थियो । उच्च अदालत पाटनले केही सर्तहरुसहित २० लाख धरौटीमा छाडेपछि उनी क्रिकेट मैदानमा फर्किने तयारीमा छन् । यही सन्दर्भमा क्यानले उनीमाथिको कारबाही फुकुवाको निर्णय गरेको थियो ।

सन्दीपसँगै शरद भेषवाकर, विक्रम सोब र पवन सरार्फपनि करारमा अटाउन सकेनन् ।

दुवै पुरुष र महिला खेलाडीलाई तीन ग्रेडमा राखिएको छ । पुरुषतर्फ ग्रेड ‘ए’ मा कप्तान रोहित पौडेलसँगै, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह एरी र आशिफ शेख रहेका छन् भने ग्रेड ‘बी’मा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल रहेका छन् । यस्तै ग्रेड ‘सी’मा कमल सिंह एरी, विनोद भण्डारी, गुलशन कुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललित नारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव छन् ।

महिला तर्फ कप्तान रुविना क्षेत्री, सीता राना मगर र इन्दु बर्मा ग्रेड ‘ए’मा छन् भने कानोल श्रेष्ठ, कबिता कुँवर र अस्मिना कर्माचार्यग्रेड ‘बी’मा छन् । यस्तै ग्रेड ‘सी’मा कविता जोशी,विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *