विश्वकपका युवा स्टार फर्नान्डेज चेल्सीमा

एजेन्सी । गत वर्ष सम्पन्न फिफा विश्वकप-२०२२ का उत्कृष्ट युवा खेलाडी इन्जो फर्नान्डेज इंग्लिस क्लब चेल्सीमा अनुबन्ध भएका छन् । जनवरी ट्रान्सफर बजारको अन्तिम दिन मंगलबार चेल्सीले इन्जोलाई कीर्तिमानी मुल्यमा बेन्फिकाबाट अनुबन्ध गरेको हो ।

प्रिमियर लिग इतिहासको महँगो खेलाडी इन्जो १ सय २१ मिलियन युरोमा प्रिमियर लिग क्लब चेल्सीमा भित्रिएका हुन् । विश्वकपमा उत्कृष्ट युवा खेलाडी चुनिएसँगै उनको नाम चेल्सीसँग जोडिएको थियो । उनले चेल्सीसँग सन् २०३१ सम्म सम्झौता गर्ने विदेशी संचारमाध्यमले जनाएका छन् ।

उनी यस विन्डोमा चेल्सीमा अनुबन्ध हुने आठौँ खेलाडी हुन् । यसक्रममा चेल्सीले लगभग ३ सय २९ मिलियन युरो खर्च गरेको छ । इन्जो गत वर्ष रिभर प्लेटबाट बेन्फिकामा आएका थिए । बेन्फिकालाई च्याम्पियन्स लिगको समुहको शीर्ष स्थानमा राख्न उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

प्रिमियर लिगको महंगो खेलाडी बन्ने क्रममा उनले म्यानचेस्टर सिटीका ज्याक ग्रेर्लिशको कितिमान तोडेका हुन् । सन् २०२१ मा ग्रिएलिश एस्टन भिल्लाबाट एक सय मिलियन पाउण्डमा सिटीमा अनुबन्ध भएका थिए ।

इन्जोले शुक्रबार घरेलु मैदानमा फुल्हामविरुद्ध हुने खेलमा डेब्यु गर्ने सम्भावना रहेको छ । घरेलु लिगमा खराब प्रदर्शन गरिरहेको चेल्सी हाल दसौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *