दक्षिणकाली माताले सबैको कल्याण गरुँन् ! हेर्नुहोस् माघ १८ गते बुधबारको राशिफल

आज श्री शाके १९४४ बि.स. २०७९ माघ १८ गते बुधबार तद्अनुसार इश्वी सन् २०२३ फेब्रुवरी १ तारीख माघ शुक्ल पक्ष एकादशी तिथि । मृगशिरा नक्षत्र ऐन्द्र योग वव करण चन्द्रमा बृष राशिमा पश्चात मिथुन राशिमा आनन्दादि योगमा अमृत योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु भीमाएकादशीव्रत (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँ कार्य थालनीका निम्ति आँट र साहशको कमि आउने छ । मध्याह्नपश्चात व्यक्तित्व विकासमा जुट्ने समय रहेको छ । कुलकुटुम्बहरूको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
विश्वासिला व्यक्तिहरूबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा विशेष सजग रहनुपर्ला । मध्याह्नपश्चात मान प्रतिष्ठामा बृद्धि हुने योग परेको छ । दाम्पत्य शुखमा कमि आउने छ । नयाँ कार्यको थालनीका निम्ती समय उत्तम रहने छ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पुग्नेछ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्ने छ । मध्याह्नपश्चात कोध्रका कारण मानसिक चिन्ता रहन सक्छ । दम्पतीबीच सामान्य कलह रहने सम्भावना रहन सक्छ । परिवारका सदस्यहरूबाट टाँढा भएको महसुस रहने छ । सामान्य आर्थिक अभावको सामना हुन सक्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गका निम्ति समय त्यति उत्तम रहेको छैन । मध्याह्न पश्चात मेहेनत र परीश्रमको कदर हुन सक्ने योग रहेको छ । मान्यजनहरूको साथ सहयोगमा आर्थिक क्षेत्र दीर्घकालीन तुल्याउन सकिने छ । पुराना मित्रजनहरूसँगको भेटघाटले मन हर्षित रहला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
असम्बन्धित व्यक्तिहरूसँगको संगतले अपजसको सामना गर्नुपर्ला । पारिवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भावना रहेको छ । मध्याह्न पश्चात भौतिक स्राेतसाधनको प्रयोगमा मन प्रशन्न रहने छ । सभा सम्मेलनजन्यकार्यमा सहभागिता जनाउने अवसर प्राप्त रहने छ । सवारी साधनको प्रयोगमा सावधान रहनुहोला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
ईष्टमित्रबीच सामान्य वादविवादको योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान्ह पश्चात मित्र तथा दाजुभाइबीचको सम्बन्धमा सुधार आउने छ । गरिरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्ने छ । तपाईँद्वारा सम्पादित कार्यको श्रेय असम्बन्धित व्यक्तिहरूले प्राप्त गर्ने छन् । सामान्य यात्राकारक दिन रहने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
भोगबिलासका क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिलासिताका सामान खरिदकाे योग रहेको छ । कार्यक्षेत्रको लापरबाहीले सामान्य झन्झट आईपर्ला । मध्यान्ह पश्चात खानपानमा विशेष ध्यान दिनुहोला । खुट्टा तान्ने व्यक्तिबाट बच्नुपर्ने समय छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नुपर्ला । आम्दानी मध्यम रहने छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाइ आइपर्न सक्छ । तपाईँको कार्यको फाइदा मित्रजनले प्राप्त गर्नेछन् । मध्यान्ह पश्चात् जीवन साथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । नयाँ कार्यको थालनीका निम्ति समय उत्तम रहने छ । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सामान्य चुनौतिपश्चात आम्दानी उत्तम रहने छ । अरुको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नुपर्ला । मध्यान्हपश्चात जिद्दी स्वभावको कारण प्रतिस्पर्धामा पराजयको सामना गर्नुपर्ने छ । मित्रजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामाजिक कार्यमा आफू अग्रसर रहे पनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मध्यान्ह पश्चात बौद्धिक व्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । मान्यजनहरुको साथ सहयोगमा आर्थिक क्षेत्र दीर्घकालीन तुल्याउन सकिने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
मित्रजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको क्षेत्रबाट आम्दानी उत्तम रहनेछ । मध्यान्ह पश्चात आम्दानीका क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक स्रोत साधनको प्रयोगमा समय व्यतित हुने योग रहेको छ । नयाँ कार्यको थालनीका निम्ति समय उत्तम रहनेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरुको दवाबको कारण मानसिक समस्या आईपर्ने छन । वाणिमा मधुरता छाउनेछ । पठन पाठनमा भने समय राम्रो रहेको छ । मध्यान्ह पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । परिश्रमको राम्रो प्रतिफल प्राप्त होला । बल तथा पराक्रममा बृद्धि हुनेछ । मिनजनहरुको साथ सहयोमा जटिल कार्यहरु सम्पादित रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *