शेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । मङ्गलबार पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । मंगलबार नेप्से १५ दशमलव ७० विन्दुले घटेर दुई हजार एक सय ११ दशमलव ६८ विन्दुमा झरेको छ ।

जलविद्युत् समूहबाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, माइक्रोफाइनान्स र होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय ५९ वटा कम्पनीका ७५ लाख ५३ हजार कित्ता शेयर दुई अर्ब ८२ करोड ४५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै रिडी हाइड्रोको १९ करोड २० लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त र प्राइम लाइफ इन्सुरेन्सको शेयर पाँच प्रतिशतले घटेको छ ।

समग्रमा बजार बढे पनि आदर्श लघुवित्तको शेयर १० प्रतिशत र बाराही हाइड्रोको शेयर साढे सात प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *