दक्षिणकाली माताले सबैको कल्याण गरुन् ! हेर्नुहोस् माघ १६ गते सोमबारको राशिफल

आज श्री शाके १९४४ बि.स. २०७९ माघ १६ गते सोमबार तद्अनुसार इश्वी सन् २०२३ जनवरी ३० तारिख माघ शुक्लपक्ष नवमी तिथि । कृत्तिका नक्षत्र शुक्ल योग तैतिल करण चन्द्रमा बृष राशिमा । आनन्दादि योगमा स्थिर योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु दोर्ण नवमी । शहिद दिवस (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नजिकका आफन्तजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सञ्चित रकम खर्च गर्नुपर्ने सम्भावना रहेको छ । वाणिका कारण सामान्य वादविवादको झमेलामा फस्ने सम्भावना रहेको छ । भोजभतेरजन्य कार्यमा सहभागिताको योग रहेको छ । सभा सम्मेलनमा सहभागिताको समय रहेको छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ योजनाका साथमा नयाँ कार्यको थालनी गर्ने उत्तम समय रहेको छ । पारिवारिक साथ सहयोगमा व्यापार व्यवसायबाट मनग्य लाभ प्राप्त गर्न सकिने छ । प्रेम सम्बन्धमा मधुरता छाउने छ । अध्यन अध्यापनमा लगाइएको समय महत्त्वपूर्ण रहने छ । शीप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहने छन् ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
परिवारका सदस्यहरुबाट टाढा भएको महसुस रहने छ । यात्रामा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरिरहेको कार्यक्षेत्रमा उत्पन्न तनावका कारण सामान्य वादविवादको झमेलामा फसिँएला । मानसम्मानमा आँच आउन सक्ने सम्भावना रहेकोले विशेष सजग रहनुहोला । आर्थिक झमेलाले सताउँनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अध्ययन अध्यापनमा समय उत्तम रहने छ । रचनात्मक कला तथा कौशलका क्षेत्रमा समय व्यतित रहने छ । आयआर्जनका क्षेत्रमा मित्रजनहरूको साथसहयोग मनग्य प्राप्त रहने छ । नयाँ कार्यको थालनीले मन प्रशन्न रहेन छ । बौद्धिक व्यक्तित्वहरुको अनुशरण दीर्घकालीन फाइदाका स्राेत बन्ने छन् ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, ट
भौतिक साधनको प्रयोगमा समय व्यतित रहने छ । मान्यजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहने छन् । सभा सम्मेलनमा सरिक हुने अवसर प्राप्त रहने छ । सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु परे तापनि कार्य सम्पादनको उत्तम श्रेय प्राप्त रहनाले मन प्रशन्न रहने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मित्रहरुको साथ सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । मनमा चन्चलताले बास गर्नाले सही निर्णय गर्न नसकिएला । मान्यजनहरुको मार्गदर्शन निकै फाईदाजनक हुनेछ । असम्बन्धित व्यक्तिहरूद्वारा सम्पादित कार्यको श्रेय तपाईँले सहजतापूर्वक प्राप्त गर्नाले मन प्रशन्न रहेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
शारीरिक आलस्यताले कार्य सम्पादनमा तनाव उत्पन्न गराउन सक्ने छ । खानपानका कारण स्वास्थमा सामान्य समस्या देखापर्ने छ । नजिकका मित्रजनहरूसँगको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । नयाँ लगानीका क्षेत्रमा विशेष सजग रहनुपर्ने समय रहेको छ । यात्रामा सजग रहनुहोला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पारिवारिक सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । व्यापार व्यावसायमा मनग्य लाभ प्राप्त रहनेछ । साझेदारीमा नयाँ कार्यको थालनी हुन सक्ने सम्भावना रहेको छ । आम्दानीका विभिन्न स्राेतहरु फेला पर्नेछन् । मनोविलासिताका साधनको प्रयोगमा अधिक समय व्यतित रहने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिस्पर्धाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहनेछ । शुभ चिन्तकहरुको साथसहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन् । नयाँ कार्यका निम्ति नयाँ अवसरहरु प्राप्त रहनेछन् । मित्रजनरुको प्रशन्नताका निम्तीि समय व्यतित गर्नुपर्नेछ । खानपानका कारण स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
तपाईँको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेको छ । अध्यन अध्यापनका माध्यमबाट आम्दानीका निम्ति दीर्घकालीन स्राेतहरू फेला पर्नेछन् । बौद्धिक तथा विशिष्ट  व्यक्तिहरूको राय सल्लाहाले नयाँ कार्यको प्रारम्भ हुनसक्ने योग रहेको छ । पुराना मित्रजनहरूसँगको भेटघाटले मन प्रशन्न रहला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
सामाजिक कार्यमा जुट्ने उत्तम समय रहेता पनि आफन्तजनहरुको साथ सहयोगमा भने कमि महसुस रहनेछ । भुमि तथा वहान शुख प्राप्त रहने छ । भौतिक साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उत्तम रहने छ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तपाईँसँग रुष्ट आफन्तजनहरू सहजै नजिक हुन खोज्ने छन् । मित्रहरूको साथ सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । धार्मिक यात्राको सम्भावना रहने छ । प्रतिस्पर्धीहरू कमजोर रहनाले तपाईँलाई कार्य क्षेत्र सहज बन्ने छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *