दक्षिणकाली माताले सबैको कल्याण गरुँन् ! हेर्नुहोस् माघ १५ गते आइतबारको राशिफल

आज श्री शाके १९४४ बि.स. २०७९ माघ १५ गते आइतबार तद्अनुसार इश्वी सन् २०२३ जनवरी २९ तारिख माघ शुक्ल पक्ष अष्टमी तिथि भरणी नक्षत्र शुभ योग वालव करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा काल योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु अष्टमीव्रत गोरखकालीपूजा भीष्माष्टमीव्रत नेपाल नर्सिङ दिवस (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शुभ चिन्तकहरुको सहयाेग र साथ प्राप्त हुनाले काम सम्पन्न गर्न सहज हुनेछ । पारिवारिक कलहको सामना गर्नुपर्ला । सवारी साधनको प्रयोमा विशेष सावधानी अपनाउनु पर्ने समय रहेको छ । सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनुपर्ने सम्भावना रहेको छ । नयाँ कार्य थालनीका निम्ति आँट र साहशमा कमि आउने छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
जीवन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ । अनावश्यक खर्च तथा लगानीका क्षेत्रमा सजग रहनु पर्ने योग रहेको छ । नजिकका मित्र तथा दाजुभाइहरूसँगकाे सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । असम्बन्धित व्यक्तिको पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विषेश फाइदा रहला । नयाँ कार्यको प्रारम्भले मन प्रशन्न रहने छ । शारीरिक आलस्यताले अध्यन अध्यापनको क्षेत्रमा प्रभाब पार्ने समय रहेको छ । शत्रु परास्त्र हुने छन् र शुभ चिन्तकहरूको बृद्धि हुनेछ । यात्राका निम्तीि सामान्य खर्च गर्नुपर्ने हुन सक्छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पुग्नेछ । शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फँसिनेछ । पारिवारिक साथ सहयोगबाट भने अधुरा कार्य सम्पादनमा सहयोग मिल्नेछ । सभा सम्मेलनजन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागिता जनाउने समय रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भावना रहेको छ । प्रत्येक कार्यमा तपाईँको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारिक झोर झमेलाको सम्भावना रहेको छ । अविस्मरणीय यात्राको सम्भावना रहेको छ । यात्राका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विषेश फाइदा रहला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खानपानको क्षेत्रमा सजग रहनु उत्तम हुनेछ । सामान्य चोट पटकको सम्भावना रहे तापनि मित्रजनहरुको साथ सहयोगद्वारा व्यक्तित्व विकासमा सहयोग मिल्ने छ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानीका क्षेत्र बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नुपर्ने हुन सक्छ, सजग रहनुहोला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
भौतिक स्राेत साधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रेम सम्बन्धमा सुधार आउने छ र जीवन साथीको सहयोमा कार्य सम्पादनमा मद्दत मिल्ने छ । मान्यजनको साथ सहयोगको कमि महसुस गरिने छ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्ने छ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाइको सामना गर्नुपर्नेछ । यात्राका निम्ति सामान्य खर्च गर्नुपर्नेछ । असम्बन्धित व्यक्तिकाे विश्वास नगर्नु नै राम्रो रहने छ । खराब संगतका कारण सामान्य अप्जस सहनुपर्ला । मनोरञ्जनात्मक मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्ने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रिय व्यक्तिसँगको भेटघाटले मन प्रशन्न रहने छ । पारिवारिक मनोरञ्जका निम्ति सामान्य खर्च हुनेछ । बौद्धिक व्यक्तित्वसँग भेटघाटको अवसर जुट्ने छ । सामान्य संघर्षपश्चात मनग्य आम्दानीका स्राेतहरु फेला पर्ने छन् । व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्यक्षेत्रमा सामान्य ढिलायको सामना हुनसक्छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय व्यतित हुनसक्छ । पारिवारिक मेलमिलाप बढे तापनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागिता जनाउने समय रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
निर्णय गर्ने क्षमतामा कमि आउने छ । नयाँ कार्य थालनीका निम्ति आँट र साहसमा कमि आउने छ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्ने छ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्तजनबीच भेटघाट हुन सक्ने सम्भावना रहेको छ । नजिकका व्यक्तिबाट विश्वासघात हुनसक्छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामान्य चोटपटकको सिकार भइन सक्छ, सजग रहनुहोला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्तिकाे योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । असम्बन्धित व्यक्तीको पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । मनोरञ्जनात्मक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *