लामिछानेले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं । रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पदबाट राजीनामा दिएका छन् । शुक्रबार वेलुकी सर्वोच्च अदालतले लामिछानेको नागरिता अवैध रहेको ठहर गरेपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएका हुन् ।

उनले साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका हुन् । पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछानेले ३२ दिनमै पद गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *