प्रभु बैंकको सीईओमा शेरचन पुनः नियुक्त

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन् ।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि शेरचनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि दुई कार्यकाल बैंकको सीईओ बनिसकेका शेरचन पुनः तेस्रो पटक नियुक्त भएका हुन् । सेञ्चुरी बैंकलाई प्राप्ति गरेसँगै उनले तेस्रोपटक बैंकको सीईओ बन्ने अवसर पाएका हुन् ।

सन् १९९५ सालमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट बैंकिङ करिअर सुरु गर्नुभएका शेरचनसँग २७ वर्षको बैंकिङ अनुभव छ । उनी सन् २००७ मा प्रभु फाइनान्सको सीईओ बनेका थिए । तत्कालिन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि बैंकको सीईओको जिम्मेवारी शेरचनले नै पाएका हुन् ।

जेनिथ फाइनान्स, गौरीशङ्कर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्तिपश्चात् पनि शेरचन नै बैंकको सीईओ भएका थिए । प्रभु विकास बैंकको सीईओ हुँदै प्रभु बैंकको सीईओ भएका हुन् । आगामी माघ १८ देखि उहाँले तेस्रो कार्यकाल सुरु गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *