रोनाल्डो सम्मीलित अल नासर सुपर कपबाट बाहिरियो

एजेन्सी । पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सम्मीलित अल नासर साउदी सुपर कपबाट बाहिरिएको छ । बिहिबार राति भएको सेमिफाइनल खेलमा अल नासर अल इत्तिहादसँग ३-१ गोलले पराजीत भएको हो ।

किंङ फाहाद अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा अल इत्तिहादलाई जीत दिलाउन रोमारिन्हो, अब्देराजक हाम्डाल्लाह र मुहन्न्द शन्केटीले एक-एक गोल गरे । अल नासरको लागि एन्डर्सन टालिस्काले एक गोल फर्काए । शुरुवात देखिने आक्रामक देखिएको अल इत्तिहादलाई १५ औं मिनेटमा रोमारिन्होले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

४३ औं मिनेटमा हाम्डाल्लाहले गोल गर्दै इत्तिहादको अग्रता दोब्बर बनाए । ६७ औं मिनेटमा टालिस्काले गोल गदै अल नासरलाई २-१ गोलको स्थितिमा ल्याए । यस्तै इन्जुरी समयको तेस्रो मिनेटमा शान्केटीले गोल गर्दै इत्तिहादलाई ३-१ गोलको जीत दिलाए ।

जीतसँगै अल इत्तिहाद फाइनलमा प्रवेश गर्दा अल नासर प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *