एथ्लेटिकोलाई हराउँदै रियल म्याड्रिड कोपाको सेमिफाइनलमा

एजेन्सी । रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको ‘म्याड्रिड डर्बी’मा एथ्लेटिको म्याड्रिडमाथि ३-१ गोलको शानदार पुनरागमन जीत निकाल्दै रियल म्याड्रिड कोपाको सेमिफाइनलमा पुगेको हो ।

घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जीत दिलाउन करिम बेन्जिमा, भिनिसियस जुनियर र रोद्रिगोले समान एक-एक गोल गरे । एथ्लेटिकोको लागि अल्भारो मोराटाले एक गोल गरे । निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको खेलमा उत्कृष्ट पुनरागमन गर्दै म्याड्रिड विजयी भएको हो ।

खेलको १९ औं मिनेटमा मोलिनाको पासमा मोराटाले गोल गर्दै एथ्लेटिकोलाई शुरुवाती अग्रता दिलाएका थिए । ७९ औं मिनेटमा मोड्रिकको पासमा रोद्रिगोले गोल गर्दै म्याड्रिडलाई १-१ गोलको बराबरीमा ल्याए । निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलको १ सय ४ औं मिनेटमा भिनिसयसको फ्लिकमा बेन्जिमाले गोल गर्दै घरेलु टोलीलाई २-१ गोलको अग्रता दिलाए ।

यसअघि ९९ औं मिनेटमा स्टेफान साभिक रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि एथ्लेटिको १० खेलाडीमा समेटिएको थियो । यस्तै अतिरिक्त समयको इन्जुरी समयमा सेबालोसको पासमा भिनिसियसले गोल गर्दै म्याड्रिडलाई ३-१ गोलको जीत दिलाए । जीतसँगै म्याड्रिड सेमिफाइनलमा पुग्दा एथ्लेटिको प्रतियोगीताबाट बाहिरिएको छ ।

यसअघि कोपाको सेमिफाइनलमा ओसासुना, बार्सिलोना र एथ्लेटिक क्लब पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *