दक्षिणकाली माताले सबैको कल्याण गरुन् ! हेर्नुहोस् माघ १३ गते शुक्रबारको राशिफल

आज श्री शाके १९४४ बि.स. २०७९ माघ १३ गते शुक्रबार इश्वी सन् २०२३ जनवरी २७ तारिख माघ शुक्लपक्ष षष्ठी तिथि रेवती नक्षत्र सिद्ध योग गर करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा श्रीवत्स योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु स्कन्दषष्ठी (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सकरात्मक सोचको कारण सामुहिक दायित्व हात लाग्नेछ । जीवन साथीको सहयोगले अचल सम्पत्ति प्राप्तिको योग रहेको छ । मित्रसँगको अति सामिप्यता कष्टकर रहला । मनोरञ्जनका क्षेत्रमा समय र धन खर्चनु पर्नेछ ।स्वास्थ सम्बन्धि सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मित्रजनसँगको अप्रत्यासित भेटले मन प्रफुल्लित रहने छ । नयाँ कार्यको थालनीलाई नयाँ योजनाको आवश्यक पर्न सक्ला । पारिवारिक साथ सहयोगले आम्दानी बृद्धि हुनेछ । अरुको कुरा सुन्ने बानीले झन्झट आइपर्ला । यात्रामा सामान्य चोटपटकको सम्भावना रहेको छ । मान्यजनको सहयोगमा गरिएका कार्यले दीगो फाइदा दिलाउनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
आर्थिक समस्याबाट बच्न सकरात्मक सोचको आवश्यक पर्न सक्ला । परिस्थितिसँग जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले वाैद्धिक तथा आर्थिक विकासको बाटो फेला पर्नेछ । शारीरिक आलस्यातले गर्दा गरिरहेकाे कामका क्षेत्रमा अपजस सहनुपर्ला । खानपानमा विशेष ध्यान दिनुपर्ने समय रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अगाडि सारेका व्यक्तिद्वारा सम्पादित कार्यहरु बिफल हुनाले अपजस खेप्नुपर्ला । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ । परिवारमा बिताएको समय फाइदाजनक रहला । प्रतिपक्षी सबल रहनाले तपाईँलाई आफ्नाे कमजोरीको महसुस हुनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मान्यजनको स्वास्थमा देखिएको खराबीले मानसिक तनाब उत्पन्न गराउँला । मित्रजनको यथेष्ट सहयोगद्वारा आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् । लापरबाहीले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भावना रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ, विशेष ध्यान दिनुहोला । अरुको कुरामा विशेष ध्यान नदिनु होला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हतासमा गरिएका निर्णयका कारण दाम्पत्य जीवनमा खटपट उत्पन्न हुन सक्नेछ । प्राकृतिक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ उठाउन कुटुम्बको सहयोग आवश्यक रहनेछ । विद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेको छ । आयआर्जनमा बृद्धि गर्नका लागि तपाईँले बढी परिश्रम गर्नुपर्ने हुनसक्छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
तपाईँको परोपकारी भावनाको फाइदा अरुले उठाउनाले तपाईँ कमजोर रहनुहुनेछ । अगाडि सारेका व्यक्तिद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन् । अर्काको खुशीका लागि अनावश्यक समय र धन ब्यय गर्नुपर्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको विषय भइन सकिने छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्थान परिवर्तनले मानसिक तबरमा समस्या आईपर्नसक्ला । आफूभन्दा सानाको सहयोगले गरिएका कार्यहरु फाईदाजनक रहने छन् । नयाँ कार्यको थालनीले मनमा उमङ्ग छाउने छ । सन्तानको स्वास्थमा आएको समस्यामा बृद्धि हुनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भावना रहने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मनोरञ्जनका क्षेत्रमा समय व्यतित गर्नुपर्ने दिन रहेको छ । सामान्य कार्यको निम्ति ज्यादा परिश्रम र समय खर्च हुनेछ । आफ्नो कला कौशलताको प्रयोगले अरुको मन जित्न सफल भइने छ । हतासमा निर्णय नगरैकै बेश हुनेछ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य परिस्थति बिकराल बन्नाले प्रिय व्यक्तिहरूसँगको सम्बन्ध टाढिएला । जीवन साथीको खराब स्वास्थले कार्यक्षेत्र प्रभावित रहन सक्ने छ । नेतृत्व गर्ने क्षमतामा बृद्धि तथा नेतृत्व गर्ने समय प्राप्त हुनेछ । मानसिक चन्चलताका कारण गरिरहेका कार्यमा सामान्य ढिलाइको सम्भावना रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
मान्यजनको पूर्ण सहयोगले कार्य सहज बन्ने छ । अपरिपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । खानपानमा विषेश ध्यान दिनुहोला । परिस्थितिसँग जुध्नसक्ने क्षमताको खाँचो महसुस हुनेछ । प्रतिपक्षीहरू सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । सामान्य आर्थिक अभाव झेल्नुपर्ला ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
काममा गरिएको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ । पारिवारिक सरसल्लाहाबाट अगाडि बढाइएको काममा सफलता प्राप्त हुनेछ । हतारमा गरिएको निर्णयले पछि पछुताउनु पर्ने हुनाले सचेत रही अघि बढ्नु होला । वाैद्धिक व्यक्तित्वहरूको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भावना रहेको छ । नयाँ लगानीका लागि समय उत्तम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *