एपीएफ र आर्मी टाइगर कप भलिबलको फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको फाइनलमा पुगेका छन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै एपीएफ फाइनलमा पुगेको हो । खेलमा उत्कृष्ट शुरुवात गरेको एपीएफले पहिलो सेट २५-२३, दोस्रो सेट २५-१७ र तेस्रो सेट २५-२१ ले जित्दै फाइनलको यात्रा तय गरेको हो ।

आजै भएको दोस्रो सेमिफाइनलमा न्यू डायमण्डलाई ३-१ को सेटमा हराउँदै त्रिभुवन आर्मी क्लब उपाधि नजिक पुगेको हो । पहिलो सेट २५-१३ ले गुमाएको आर्मीले त्यसपछि उत्कृष्ट पुनरागमन गरेको हो । आर्मीले त्यसपछिको सेटमा २५-१३, २५-२२ र २५-१२ ले जितेको हो ।

यस्तै पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । एपीएफ क्लब, त्रिभुवन आर्मी, गण्डकी प्रदेश र पुलिस क्लब अन्तिम ४ मा पुगेका हुन् । पाहुना टोली सेन्ट जोशेफ भने बाहिरियो । पहिलो सेमिफाइनल खेलमा एपीएफ र नेपाल पुलिस क्लब भिड्नेछन् भने दोस्रो सेमिफाइनल खेलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *