दक्षिणकाली माताले सबैको कल्याण गरुन् ! हेर्नुहोस् माघ १२ गते बिहीबारको राशिफल

आज श्री शाके १९४४ बि.स. २०७९ माघ १२ गते बिहीबार इश्वी सन् २०२३ जनवरी २६ तारिख माघ शुक्ल पक्ष पञ्चमी तिथि । उत्तरभाद्रपदा नक्षत्र शिव योग कौलव करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा छत्र योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु वसन्त पञ्चमी । सरस्वतीपूजा श्रीपञ्चमी रतिकामपूजा हलसारो गर्ने (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आर्थिक क्षेत्रमा सामान्य तनाबको सामना सामना गर्नुपर्ने छ । सामाजिक कार्यमा जुट्ने समय रहेको छ । विश्वासिला ब्यक्तिहरूबाट धोका हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहने छ । परिवारका सदस्यहरूबाट टाढा भएको महसुस हुनेछ । प्रतिस्पर्धाजन्य कार्यका क्षेत्रमा तपाईँको अब्बल स्थान प्राप्त रहने छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्यन अध्यापनका निम्ति समय उत्तम रहने छ । मित्रजनहरूसँगको भेटघाटमा समय ब्यतित रहने छ । आर्थिक क्षेत्र सवल रहने छ । कार्यक्षेत्रमा पदोन्नतीको समय रहेको छ । पुराना लगानी उठाउन समयले विशेष साथ दिनेछ । आफूभन्दा सानाको सहयोगले गरिएका कार्यहरु फाइदाजनक रहने छन् ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
भौतिक साधनको प्रयोगमा समय व्यतित रहने छ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरे तापनि ब्यापार ब्यवसायबाट राम्रो लाभ लिन सकिने छ । सभा सम्मेलनमा सरिक हुने अवसर प्राप्त हुनेछ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्ने छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साझेदारी कामका क्षेत्रमा सामान्य झण्झट ब्यर्होनुपर्ला । धैर्यधारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भए तापनि मनमा चिन्ता भने रहने छैन । साथीभाइहरूको खराब संगतका कारण सामान्य अपजस आइपर्नेछ । यात्राका क्षेत्रमा विशेष सावधानी अपनाउनु होला । अर्काको खुशीका लागि अनावश्यक समय र धन व्यय गर्नुपर्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनोबिलासिताका सामान खरिदमा सामान्य खर्च हुन सक्ने छ । सञ्चित रकम खर्च हुने योग रहेको छ । वाणिको कारण दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । अपरिपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । सामान्य चोट पटकको सम्भावना रहेको छ । ईष्टमित्रबीच सामान्य वादविवादको योग रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भोग विलासको क्षेत्रमा समय व्यतित हुनसक्छ । परोपकार तथा व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रको लापरबाहीले सामान्य झन्झट आइपर्ला । प्रेम सम्बन्धमा सुधार आउने छ । जीवनसाथीको साथ सहयोगद्वारा आम्दानी क्षेत्रमा मार्गदर्शन मिल्ने छ । कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतिपक्षीहरु सबल रहनाले कार्यक्षेत्रमा सावधान रहनुहोला । परोपकारको क्षेत्रमा समय व्यतित रहनेछ । कुरा काट्ने व्यक्तिको कमि नरहला । बोल्दा सजग रहनुहोला । बोलीको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन् । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभावको सामना गर्नुपर्ला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ कार्यको थालनीलाई नयाँ योजनाको आवश्यक पर्न सक्ला । सामान्य चुनौती पश्चात आम्दानी राम्रो रहने छ । बौद्धिक व्यक्तित्वहरुको साथ प्राप्त हुनेछ । बिद्या प्राप्तिकाे योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ । चाडाे क्रोधको सिकार भइनेछ, सजग रहनुहोला । पारिवारिक समस्याले सताउन सक्छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिसँग जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहने छ । सभा सम्मेलनमा समय व्यतित हुने योग रहेको छ । पारिवारिक मेलमिलाप बढे तापनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । धैर्यधारण गर्ने क्षमतामा बृद्धि हुनेछ । आयमुलक कार्यको थालनी हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुने योग रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य कार्यको निम्ति धेरै समय व्यतित हुनाले मानसिक तनावको सामना गर्नुपर्नेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरुसँगकाे सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय व्यतित हुन सक्छ । परिवारमा बिताएको समय फाइदाजनक रहला । अध्यन अध्यापनकाे समय मध्यम रहनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ लगानीका क्षेत्रमा समय राम्रो छैन, सजग रहनुहोला । वाणिको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोटपटकको सिकार भइन सक्छ, सजग रहनुहोला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । लापरबाहीले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भावना रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । निर्णय गर्ने क्षमतामा कमि आउनेछ । नयाँ कार्य थालनीका निम्ति आँट र साहसको कमि आउने छ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबी देखा पर्नेछ । अरुको कार्य सम्पादनमा प्रेरणाको स्रोत बन्न सकिएला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *