दक्षिणकाली माताले सबैको कल्याण गरुन् ! हेर्नुहोस् माघ १० गते मंगलबारको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ माघ १० गते मंगलबार तद्अनुसार इश्वी सन् २०२३ जनवरी २४ तारिख माघ शुक्ल पक्ष तृतीया तिथि । शतभिषा नक्षत्र वरियान योग गर करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा मृत्यु योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
वाणिमा मधुरता छाउने छ । नयाँ कामको थालनीले मन प्रशन्न रहनेछ । मेहेनत र परिश्रमको कदर हुन सक्ने योग रहेको छ । नयाँ लगानीका निम्ति उत्तम समय रहेको छ । रचानात्मक कार्यमा जुट्ने समय रहेको छ । आयआर्जनको लागि राम्रो समय रहेको छ । हर कोहीको पूर्ण विश्वास नगर्नु होला, धोका हुन सक्छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सामाजिक कार्यमा अग्रसर रहनाले मान सम्मान प्राप्तीको योग बन्नेछ । सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्ने समय रहेको छ । सबारी साधनको प्रयोमा सजग रहनुहोला । गरिरहेको कार्य क्षणिक रुपमा परिर्तन गर्नुपर्ने समय रहेको छ । शुभ चिन्तकहरुको साथसहयोगद्वारा अधुराकार्यहरु सम्पादित हुने छन् ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेको छ । आय आम्दानीमा विशिष्ठ  व्यक्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । तपाईँको आलोचना गर्ने व्यक्तिहरू बढ्ने छन् । मित्रजनहरुको साथसहयोगमा नयाँ कार्यको प्रारम्भ गर्न उत्तम समय रहेको छ । अरुको पूर्ण विश्वासमा गरिएका कार्यले अपजस दिलाउनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विश्वासिला व्यक्तिहरुबाट धोका हुनाले मानसिक तनाबको सामना गर्नुपर्नेछ । खानपानका कारण स्वास्थका क्षेत्रमा सामान्य तनाबको सामना गर्नुपर्ने समय रहेको छ । शुभचिन्तकहरुको माध्यमबाट आम्दानीका स्राेतहरू सबल तुल्याउन सकिने समय रहेको छ । वाणिका कारण सामान्य वादबिवादको झमेलामा फसिएला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आर्यआर्जनका निम्ति सामान्य यात्रा निम्त्याउने समय रहेको छ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ । नयाँ लगानी गर्न उत्तम समय रहेको छ । समयमा गरिएको सही निर्णयहरू उत्तम साबित हुनेछन् । जीवन साथीको साथ सहयोगमा व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुने समय रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिस्पर्धाजन्य कार्यमा विशेष सजग रहनुहोला । पारिवारका सदस्यहररूबाट टाढा भएको महसुस हुनेछ । सामान्य आर्थिक संकटको सामना गर्नुपर्ला । मनोरञ्जनका निम्ति सामान्य यात्राको योग बन्नेछ । मानसिक चन्चलताका कारण नजिकका मित्रजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आयआम्दानीमा विशिष्ठ व्यक्तिहरूको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । पठन पाठनका निम्ति समय उत्तम रहने छ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । कलाकौशलका क्षेत्रमा समय ब्यतित रहने छ । आफूभन्दा सानाको स्वास्थमा देखिएको समस्या जटिल बन्नाले सामान्य तनाब आईपर्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
तपाईँद्वारा सम्पादित कार्य चर्चायोग्य साबित रहने छ । सभासम्मेलनजन्य कार्यमा सरिक हुने तथा मानसम्मान प्राप्तिको सम्भावना रहेको छ । सामाजिक कार्यमा अग्रसर रहने उत्तम समय रहेको छ ।  व्यापार व्यवसाय मध्यम रहने दिन रहेको छ । सवारी साधनको प्रयोगमा विषेश साबधान रहनुपर्ने समय रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कार्यसम्पादनको उत्तम श्रेय तपाईँलाई प्राप्त रहनाले मन हर्षित रहने छ । तपाईँको आलोचना गर्ने ब्यक्तिहरूको कमि नरहला । प्रिय मित्रजनसँगको भेटघाटले मन हर्षित रहने योग रहेको छ । भोजभतेरजन्य कार्यमा सरिक हुने योग रहेको छ । मित्रजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित हुने योग रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्थीर क्षेत्रमा गरिएको लगानी दीर्घकालीन आम्दानीको स्राेत बन्नेछ । कला तथा साहित्यका क्षेत्रमा समय ब्यतित गर्दा मन हर्षित रहने छ । खानपानमा भने सजग रहनुहोला । प्रिय मित्रजनहरुसँगको भेटघाटले मनमा प्रशन्नता दिलाउने छ । वाणिका कारण सामान्य वादविवादको सामना गर्नुपर्ने समय रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
कार्य सम्पादनमा आँट र शाहसको बृद्धि हुने समय रहेको छ । मित्रजनहरूको साथ सहयोग मनग्य प्राप्त रहने छ । नयाँ लगानी गर्न उत्तम समय रहेको छ । जीवन साथीको साथ सहयोमा नयाँ कार्यको थालनी हुने समय रहेको छ । कार्यसम्पादनमा आएको असहज परिस्थितिहरु सुधार उन्मुख रहने छन् ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अपरिचित व्यक्तिहरूको विश्वासमा कार्य नसुम्पिनु उत्तम रहने छ । तपाईँको आलोचना गर्ने व्यक्तिहरूको कमि नरहला । पारिवारका सदस्यहरूबाट टाढा भएको महसुस रहने छ । प्रतिस्पर्धाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहनाले मन प्रशन्न रहला । तात्कालिक खर्चको कारण सामान्य आर्थिक अभावको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *