दक्षिणकाली माताले सबैको कल्याण गरुन ! हेर्नुहोस् माघ ९ गते सोमबारको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ माघ ९ गते सोमबार इश्वी सन् २०२३ जनवरी २३ तारिख माघ शुक्ल पक्ष द्वितीया तिथि धनिष्ठा नक्षत्र सिद्धि योग कौलव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा शुभ योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिश्रम अनुरुपको फल प्राप्ति हुने समय रहेको छ । सामाजिक कार्यका क्षेत्रमा सहभागिता जनाउने अवसर प्राप्त रहनेछ । सभा सम्मेलनजन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तिको योग रहेको छ । मनोरञ्जनका क्षेत्रमा समय व्यतित रहेन छ । पारिवारिक झरझमेलाको सामना गर्नुपर्ने समय रहेको छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पारिवारिक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढिलाइ हुनाले सामान्य अपजस सहनुपर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यक्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरुसँगको भेटघाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भावना रहेको छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
शारीरिक आलस्यातले गर्दा गरिरहेको कामको क्षेत्रमा अपजस सहनुपर्ला । सोचेकोभन्दा बढि मात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । आम्दानी मध्यम रहेता पनि बोलीको कारण साधारण दुर्घटनाको सम्भावना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट बेर्होनु पर्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
जीवन साथीको सहयोगमा गरिएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मानसिक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बोलीको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानी साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ विशेष ध्यान दिनुहोला । मनमा चन्चलताले बास गर्नाले सही निर्णय गर्न नसकिएला । शुभ चिन्तकको बृद्धि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आय आर्जनमा बृद्धि गर्नका लागि तपाईँले बढी परिश्रम गर्नु पर्न सक्छ । बौद्धिक क्षेत्रको विकाशले तपाईँको मान सम्मानमा बृद्धि गर्नेछ । आफूभन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन् । बौद्धिक व्यक्तित्वसँगको सामिप्यता आगामी दिनलाई मार्ग दर्शन बन्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पारिवारिक मनोरञ्जनका निम्ति धेरै समय र पैसा खर्चनुपर्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाइ पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारिवारिक झरझमेलाको फन्दामा परिनाले दिन निरासापूर्ण रहला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफ्नै घमण्डका कारण दाजु भाइबीचको सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आँट शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्षी सबल रहनाले तपाईँलाई आफ्नाे कमजोरीको महसुस हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आफन्तजनबीचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वास्थमा आएको खराबीले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । सामान्य वादविवादको चक्कर काट्नु पर्नेछ । अरुको अनुशरणले तपाईँलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिवारका कोही सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । मान प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ । मनमा आँट र साहसको कमीले कार्य सम्पादनमा झन्झट बेहोर्नुपर्ला । जीवन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । सही निर्णय हुन नसक्दा परिवारिक कलहको सामाना गर्नुपर्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
शत्रु सबल रहनाले कुरा काट्ने व्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाव झेल्नुपर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्च हुनसक्ने सम्भावना रहेको छ । अनावश्यक खर्च नियन्त्ररण गर्न गाह्राे हुनसक्ला । आफ्नाे प्रिय ब्यक्तिसगँको बियोगले मन निरुत्साहित रहला ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
यात्रा फाईदामुलक हुनसक्ने सम्भावना रहेको छ । आयआर्जनको लागि राम्रो समय रहेता पनि सामान्य खर्च हुनसक्छ । नयाँ मित्रसँगको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । आम्दानी बृद्धिका लागि विद्धत ब्यक्तित्वहरुको मार्गदर्शन अबलम्बन गर्नु लाभदाइक रहला । आय आम्दानीका क्षेत्रमा जुट्ने समय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *