दक्षिणकाली माताले सबैको कल्याण गरुन ! हेर्नुहोस् माघ ८ गते आइतबारको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ माघ ८ गते आइतबार इश्वी सन् २०२३ जनवरी २२ तारिख माघ शुक्लपक्ष प्रतिपदा तिथि । उत्तराषाढा नक्षत्र पश्चात श्रवण नक्षत्र वज्र योग किंस्तुघ्र करण चन्द्रमा मकर राशिमा । आनन्दादि योगमा मुसल योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु तामाङ ल्हाेसार सोनाम ल्हाेसार श्रीवत्लभ जयन्ती (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ कार्य थालनीको योग रहेको छ । भूमी तथा वाहनसम्बन्धि समस्याले सताउने छ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ । साथै, सामान्य अपजस खेप्नुपर्ला । पारिवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
माल सामान हराउन सक्ने सम्भावना रहेको छ । अपरिचित व्यक्तिहरुको विश्वासमा नपरे कै बेश रहने छ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन् । भौतिक स्रोत साधनको प्रयोगमा समय व्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा व्यवधान आउला । प्रतिपक्षी सबल रहनाले तपाईँलाई आफ्नाे कमजोरीको महसुस हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
खानपानका क्षेत्रमा विशेष सजग रहनु उत्तम रहने छ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य वादविवादको झमेलामा फसिने सम्भावना रहेको छ । व्यापार व्यवसाय मध्यम रहला । साझेदारी काममा लगानी नगरै कै बेश हुनेछ । आफन्तजनसँगको भेटघाटले मन प्रशन्न रहला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । व्यापार व्यवसायका निम्ति उत्तम समय रहेको छ । मानसिक चन्चलताका कारण गरिरहेका कार्यमा सामान्य ढिलाईको सम्भावना रहेको छ । आर्थिक क्षेत्र मध्यम रहने छ । दाजु भाइ तथा मित्रजनहरुसँगको सम्बन्ध टाढिन सक्छ । परिवारका कोही सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थको गडबढीका कारण सामान्य खर्चको सम्भावना रहेको छ । कार्यक्षेत्रमा अरुको दवाबको महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरुसँगको भेटघाट पश्चात सामान्य यात्राको योग रहने छ । शत्रु सबल रहनाले कुरा काट्ने व्यक्तिहरु संख्यामा बृद्धि हुनेछ । सामान्य आर्थिक अभाव झेल्नुपर्ला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अध्यन अध्यापनका निम्ति अधिक श्रम व्यतित गर्नुपर्ने समय रहेको छ । बौद्धिक व्यक्तित्वहरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भावना रहेको छ । नयाँ लगानीमा उत्तम समय रहेको छ । मनोरञ्जनका क्षेत्रमा समय व्यतित रहने छ । यात्रा फाइदामूलक हुनसक्ने सम्भावना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
भौतिक स्राेतसाधनका प्रयोगमा समय व्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भावना रहेको छ । व्यापार व्यवसायमा समय मध्यम रहने छ । मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट बेहोर्नु पर्ला । स्वास्थ सम्बन्धि सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अधिक आत्मविश्वास तथा घमण्डका कारण मित्र तथा दाजुभाइसँगको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईँले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरिएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारिवारिक मनोरञ्जनको निम्ति धेरै समय व्यतित हुन सक्छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अनावश्यक खर्चको सम्भावना रहेको छ । खानपानको गडबढीका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय व्यतित रहने छ । शारीरिक आलस्यातले गर्दा गरिरहेको कामको क्षेत्रमा अपजस सहनुपर्ला । खानपानमा विशेष ध्यान दिनुपर्ने समय रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अधुरा कार्य सम्पादनका निम्ति समय उत्तम रहने छ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भावना रहने छ । पारिवारका सदस्यहरुमध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्ने छ । जीवन साथीको सहयोगमा गरिएका व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य व्यक्तिको पूर्ण विश्वास नगर्नु होला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
नजिक भनिएका व्यक्तिहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्ने छ । झुटा आरोपको सम्भावना रहेको छ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ, विशेष ध्यान दिनुहोला । अरुको कुरामा विशेष ध्यान नदिनु होला ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शुभ चिन्तकहरुको साथ सहयोगमा आर्थिक क्षेत्र सबल बन्नेछ । पुराना मित्रजनसँगको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेको छ । आयआर्जनमा बृद्धि गर्नका लागि तपाईँले बढी परिश्रम गर्नुपर्न सक्छ । बौद्धिक क्षेत्रको विकासले तपाईँको मान सम्मानमा बृद्धि गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *