ए डिभिजन लिगको खेल तालिका सार्वजानिक (खेल तालिकासहित)

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजानिक भएको छ । अखिल नेपाल फूटबल संघ(एन्फा)ले शुक्रबार ए डिभिजन लिगको पाँचौ चरणसम्मको खेलतालिका सार्वजानिक गरेको हो ।

एन्फाले सार्वजानिक गरेको खेलतालिका अनुसार फागुन १९ गते हुने उद्धाटन खेलमा नवप्रवेशी खुमलटार युथ क्लबले फ्रेन्ड्स क्लबको सामना गर्नेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुकी साढे ५ बजे शुरु हुनेछ । लिगको पाचौं चरणसम्मको खेल तीनवटा रंगशालामा हुनेछ । एन्फाले पहिलोपटक लिग च्यासल स्टेडियममा गर्न लागेको हो । यस्तै एन्फा कम्प्लेक्स र दशरथ रंगशालामापनि लिगका खेलहरु हुनेछन् ।

डबल राउण्ड रोबिनको आधारमा हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदैछन् । सहभागि टोलीमा खुमलतार युथ क्लब, नेपाल पुलिस क्लब, एपीएफ फूटबल क्लब, मनांङ मर्स्याङ्दी क्लब, न्यू रोड टिम, त्रिभुवन आर्मी फूटबल क्लब, मछिन्द्र फूटबल क्लब, जावलाखेल युथ क्लब, संकटा क्लब, सातदोबाटो युथ क्लब, हिमालय शेर्पा क्लब, थ्री-स्टार क्लब, चर्च ब्वाइज युनाइटेड क्लब र फ्रेन्ड क्लब रहेका छ ।

एन्फाले लिगको लागि भिआइपी प्याराफिटतर्फ रु ३ सय र साधारण प्याराफिटतर्फ रु १ सय टिकट मुल्य तोकेको छ ।

ए डिभिजन लिगको खेलतालिका हेर्न यहाँ क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *