आज श्री शाके १९४४ बि.स.२०७९ माघ ६ गते शुक्रबार इश्वी सन् २०२३ जनवरी २० तारिख माघ कृष्णपक्ष त्रयोदशी तिथी पश्चात चतुर्दशी तिथी मूल नक्षत्र व्याघात योग भद्रा करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा स्थिर योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु लैचह्रे पूजा
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बल तथा पराक्रममा बृद्धि हुनेछ । साथीभाइहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादन हुनेछन् । धार्मिक यात्राको सम्भावना रहेको छ । कार्यक्षेत्रको लापरवाहीले माल सामान हराउन सक्ने सम्भावनाका कारण कार्य क्षेत्रमा सामान्य अपजसको सामना गर्नुपर्ला । भौतिक साधनका क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वाणिका कारण आफन्तजनहरुसँगको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । भोजभतेरजन्यमा सहभागिताको अवसर जुट्नेछ । स्वास्थ्यमा सामान्य समस्या देखापर्ने सम्भावना रहेको छ । सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्नेछ । आम्दानीका स्राेत फेला परेता पनि शारीरिक आलस्यताले भने सताउनेछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
पारिवारिक साथ सहयोगद्वारा व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त रहने छ । गरिरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । सभा सम्मेलनमा सहभागिताको अवसर जुट्नेछ । गरिरहेको कार्यका क्षेत्रमा सामान्य वादविवादको सम्भावना रहेको छ । प्रेम सम्बन्धमा भने प्रगाढता छाउनेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित हुने छन् । स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भावना रहेको छ । यात्राका क्षेत्रमा विशेष सावधानी अपनाउनु उत्तम रहने छ । प्रतिप्रधात्मक कार्यमा अब्बल स्थान प्राप्त रहने योग रहेको छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ लगानीका निम्ति समय उत्तम साबित रहने छ । आयआर्जनका विभिन्न स्राेतहरु फेला पर्ने छन् । विशिष्ट व्यक्तिहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुने योग रहेको छ । अध्ययन अध्यापनमा अधिक समय व्यतित गर्नुपर्ने छ । आफूभन्दा सानाको स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भावना समेत रहने छ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भौतिक स्राेत साधनकाे प्रयाेगमा समय व्यतित रहने छ । स्थीर क्षेत्रमा गरिएको लगानी उत्तम साबित रहने छ । सभासम्मेलन तथा सामाजिक कार्यमा अग्रसर रहने योग रहेको छ । मान्यजनहरुको साथ सहयोगमा कमि महसुस रहने छ । गरिरहेको कार्यक्षेत्रबाट मानसम्मान प्राप्तिको योग छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
विश्वासिला मित्रजनहरुबाट धोका हुन सक्ने छ । गरिरहेका कार्यमा सामान्य तनावको सामना गर्नुपर्ने छ । सवारी साधनको यात्रामा विशेष सजग रहनुहोला । प्रतिस्पर्धाजन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । सामाजिक कार्यको विशेष दायित्व हात लाग्ने सम्भावना रहेको छ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्थीर क्षेत्रमा लगाइएको आजको लगानी भोलिका निम्ति फाईदाजनक हुनेछ । आफन्तजनबीचको भेटघाटले मन प्रशन्न रहला । सभा सम्मेलनमा सहभागिताको योग रहेको छ । खानपानमा विषेश सावधानी अपनाउनुहोला । अरुको अनुशरणले तपाईँलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
तपाईँको सरल मिजासले मित्रजनहरु आर्षित हुने योग रहेको छ । जीवन साथीको सहयोगले व्यापार व्यवसायमा सुधार आउनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । नयाँ कार्यको थालनीले मन प्रशन्न रहनेछ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मित्रजनको साथ सहयोगमा कमि महसुस हुनेछ । पारिवारिक मेलमिलापमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा सोचेअनुरुपको लाभ प्राप्त नहोला । मानसिक चन्चलताको सामना गर्नुपर्ने छ । परिवारका सदस्यहरुबाट टाढा भएको महसुस हुनेछ । सामान्य खर्च हुने दिन रहने छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
आयआर्जनका निम्ति उत्तम समय रहेको छ । साझेदारी तथा नयाँ कार्यको थालनी भने दीर्घकालीन नरहला । अध्ययन अध्यापनका निम्ति समय उत्तम रहने छ । मान्यजनहरुको साथ सहयोगमा विशेष कार्यहरु सम्पादित रहने छन् । शीपमूलक कार्यका क्षेत्रबाट हुने आम्दानी दीर्घकालिन रहने छ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कार्य सम्पादनमा दृढताको कमिले अधिक श्रम खर्चनु पर्ने सम्भावना रहेको छ । स्वास्थका क्षेत्रमा भने सामान्य सुधार आउने छ । परिवारका सदस्यहरुसँग क्षणिक बियोगको सम्भावना रहेको छ । प्रतिस्पर्धाजन्य कार्यमा सजग रहनु उत्तम रहने छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहला ।
(ज्यो.प. सरोज घिमिरे)