कर्णाली । कर्णाली प्रदेशसभाको समामुखमा नेकपा एमालेकी नन्दा गुरुङ निर्वाचित भएकी छन्। आइतबार भएको निर्वाचनमा प्रदेश सभाका ४० जना सदस्यमध्ये ३८ जना मतदानमा सहभागी भएका थिए ।
एमालेकी गुरुङलाई नेकपा माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १ जना सांसदले मत दिएका छन् । प्रदेश सभाको सभामुख पदको लागि नेपाली काँग्रेसबाट खड्क पोखरेल पनि उम्मेदवार दिए । उनले एकीकृत समाजवादीकोसहित १४ मत पाएका छन्।
नेकपा एकीकृत समाजवादीकी सांसद कल्याणी खड्काले पनि कांग्रेसका पोख्रेललाई मत दिएकी छन् । सभामुखको निर्वाचनमा नेपाली काँग्रेसलाई मत दिएकी खड्का यसअघि मुख्यमन्त्री चयन गर्दा सत्ता पक्षमा थिइन्। ने
कपा एमाले, माओवादी, राप्रपा र समाजवादीको समर्थनमा राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए । समाजवादीबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने एक जना मात्र सांसद खड्का मुख्यमन्त्री बनेका राजकुमार शर्माका समर्थक बसेकी थिइन् ।
कर्णाली प्रदेश सभामा सहभागी स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही सभामुखको निर्वाचनमा तटस्थ बसेका थिए ।