पाकिस्तानी हुसेन तलत नेपाल टी-२० लिगकै सर्वोत्कृष्ट, शाहिदी उत्कृष्ट ब्याट्सम्यान

काठमाडौं । विराटनगर सुपर किंग्सका पाकिस्तानी खेलाडी पहिलो संस्करणको नेपाल टी-२० लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सर्वोत्कृष्ट खेलाडी भएसँगै तलतले पाँच लाख रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगितामा तलतले १३ खेल खेल्दै १० विकेट लिएका थिए भने ३ सय ६७ रन बनाएका थिए । उनले दुई अर्धसतक प्रहार गरेका थिए ।

यस्तै फार वेस्ट युनाइटेडका हस्मातुल्लाह शाहिदी उत्कृष्ट ब्याट्सम्यान चुनिएका छन् । उनले १० खेलमा ४ अर्धसतक सहित सर्वाधिक ४ सय रन बनाएका थिए । यसक्रममा उनले ३ सय ५५ बल खेल्दै ३३ चौका र १२ छक्का प्रहार गरेका थिए । शाहिदिले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *