काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिएर रामो गरेको बताएका छन् ।
बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसर काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपालको एकीकरण गरेर पृथ्वीनारायण शाहले सिंगो नेपाललाई एकतावद्ध गरेको स्मरण गरे ।
उनले भने ‘पृथ्वीनारायण शाहले देशलाई एकीकरण गर्ने सन्दर्भमा जुन अगुवाई गर्नुभयो, जुन नेतृत्व गर्नुभयो र देश एकीकृत भयो । हामी नेपाली भयौं । त्यसकारण पृथ्वीनारायण शाहको जन्मदिको खुशीयालीमा सरकारले विदा दियो । यो राम्रो भयो ।’
सरकारले बुधबार पृथ्वी जयन्तीको अवसर पारेर सार्वजनिक बिदा दिएको छ ।