नेपाल टी-२० लिग : विराटनगर फाइनलमा

काठमाडौं । विराटनगर सुपर किंग्स काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी-२० लिगको फाइनलमा पुगेको छ । मंगलबार दिउँसो भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगरले फाइनलमा लुम्बिनीसँगको भेट पक्का गरेको हो ।

जीतको लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा १ सय २८ रनमा अलआउट भयो । जनकपुरको लागि चद्विक वाल्टनले अर्धसतक पुरा गरे । उनले ४७ बलमा ६ चौकाको मद्दतमा ५१ रन बनाए । यस्तै कप्तान त्रिभोन ग्रिफिथले २४ बलमा ४ चौका र एक छक्काको सहयोगमा ३४ रन बनाउँदा अन्य ब्याट्सम्यानले साथ दिन सकेनन् ।

विराटनगरको लागि केओन जोसेफले ४ ओभरमा एक मेडन राख्दै २७ रन दिएर तीन विकेट लिए । यस्तै नन्दन यादव र राज नाननले दुई-दुई विकेट लिँदा हुसेन टालट र सुर्य तामांङले एक-एक विकेट लिए ।

यसअघि टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा  सय ६७ रन बनाएको थियो । विराटनगरको लागि गाउरान्सु शर्माले सर्वाधिक ४२ रन बनाए । उनले ४१ बलमा दुई छक्का र दुई चौका प्रहार गरे । यस्तै अर्जुन साउदले ३५ र राज नाननले ३३ रन बनाउँदा हुसेन टालटले ३१ रनको योगदान गरे ।

जनकपुरको लागि जितेन्द्र मुखियाले दुई विकेट लिँदा शराफुदिन अशार्फ, ललित राजवंशी र समिउल्लाह शिनवारीले समान एक-एक विकेट लिए ।

अब विराटनगरले भोलि बुधबार हुने फाइनल खेलमा उपाधिको लागि लुम्बिनी अल स्टार्सको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *