नेपाल टी-२० लिग : एक खेल अगावै बाहिरियो फार वेस्ट

काठमाडौं । फार वेस्ट युनाइटेड नेपाल टी-२० लिगबाट बाहिरिएको छ । शुक्रबार दिउँसो भएको खेलमा विराटनगर सुपर किंग्ससँग ३ रनले पराजीत भएसँगै फार वेस्टको प्रतियोगिताको एक खेल अगावै प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको हो ।

जीतको लागि १ सय ४८ रनको लक्ष्य पछ्याएको फार वेस्टले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४४ रन मात्र बनाउन सक्यो । फार वेस्टको लागि हाश्मातुल्लाह शाहिदीले अर्धसतक पूरा गरे । उनले ४६ बलमा ८ चौका र एक छक्का प्रहार गरे । यस्तै उमाइर अलीले २३ रन बनाउँदा विनोद भण्डारी र नुर अहमेदले समान १०-१० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

विराटनगरको लागि राज नाननले ४ ओभरमा ३२ रन दिएर ३ विकेट लिए । यस्तै सुर्य तामांङले दुई विकेट लिँदा केओन जोसेप र नन्दन यादवले एक-एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो । विराटनगरको लागि हुसेन टालटले अर्धसतक पुरा गरे । उनले २९ बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै विवेक यादवले ३५, अर्जुन साउदले २२ र रोहित पौडेलले २१ रनको योगदान गरे ।

फार वेस्टको लागि उमाइर अलीले दुई विकेट लिँदा करण केसी र दुर्गेश गुप्ताले एक-एक विकेट लिए ।

जीतसँगै विराटनगर ९ खेलबाट ८ अंक जोड्दै अंक तालिकाको आठौँ स्थानमा उक्लिएको छ । समान खेलबाट ४ अंक जोडेको फार वेस्ट पुछारमा रहेको छ । विराटनगरको प्लेअफमा पुग्ने सम्भावाना जीवित रहेको छ भने फार वेस्ट प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *