जनकपुर दोस्रो स्थानमा रहँदै क्वालिफायरमा

काठमाडौं । जनकपुर रोयल्स दोस्रो स्थानमा रहँदै नेपाल टी-२० लिगको क्वालिफायरमा पुगेको छ । शुक्रबार बिहान भएको खेलमा लुम्बिनी अल स्टार्सलाई २३ रनले पराजीत गर्दै जनकपुरले दोस्रो स्थानमा रहेर लिग चरणको अन्त्य गरेको हो ।

जीतको लागि १ सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित १७ ओभरमा ७ विकेटको क्षतिमा १ सय ३६ रन मात्र बनाउन सक्यो । लुम्बिनीको लागि अनिल साहले सर्वाधिक ३५ रन बनाए । उनले २१ बलमा ३ छक्का र एक चौका प्रहार गरे । यस्तै लाहिरु मिलन्थाले १४ बलमा ४ चौका र दुई छक्काको सहयोगमा ३२ रन बनाउँदा सुनिल धमलाले २७र गुलसन झाले १० रन बनाए ।

जनकपुरको लागि त्रिभोन ग्रिफिथले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिए । यस्तै सामिउलाह शिन्वारीले दुई र अशन प्रियंजनले एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित १७ ओभरमा ६ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । त्रिभोन ग्रिफिथले ११ बलमा ५ छक्का र ३ चौकाको सहयोगमा ४७ रन बनाउँदा शराफु अशर्फले ३४ रन बनाए । उनले १८ बलमा ५ चौका र एक छक्का हिर्काए । खडक बोहोराले २२, सामिउल्लाह शिनवारीले २० र दिलिप नाथले १० रन बनाए ।

ललितपुरको लागि सागर ढकाल र कुशल भुर्तेलले दुई-दुई विकेट लिँदा प्याट ब्राउनले एक विकेट लिए ।

जीतसँगै जनकपुर १० खेलबाट १४ अंक जोडेको छ । समान खेलबाट १६ अंक जोडेको ललितपुरले शीर्ष स्थानमा रहँदै लिग चरणको अन्त्य गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *