आवश्यक परे अर्थतन्त्र सुधार्न सरकारले हस्तक्षेप गर्छः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न आवश्यक परे सरकारले हस्तक्षेप गर्ने बताएका छन् ।

नेपाल उद्योग परिसङ्घको पदाधिकारीले मंगलबार गरेको भेटवार्तामा उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे ।

“जहाँ समस्या छन्, समाधान गर्ने । जहाँ कमजोरी छन् त्यसलाई सच्च्याउने, जहाँ छुट दिनै नसकिने छ त्यहाँ आवश्यक हस्तक्षेप गर्ने प्रक्रियामा अगाडि बढ्नेछौँ”, उनले भने ।

उपप्रधानमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि परिसङ्घको सुझाव महत्वपूर्ण रहेको बताए । त्यसक्रममा परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिँदै विकास खर्च बढाउन आग्रह गरे ।

One thought on “आवश्यक परे अर्थतन्त्र सुधार्न सरकारले हस्तक्षेप गर्छः उपप्रधानमन्त्री श्रेष्ठ

  1. अर्थतन्त्र सुधार्न पहिले के गर्नु पर्छ ?????स्मार्ट सिटी, रेल गाडी,पानी जहाज,केवल कार निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल ,वा अग्ला घर (भ्यु टावर )को उत्पादन बिहिन उधोग निर्माण गर भै हाल्छ नि होइनर??? आयात ९५% गर र निर्यात ५% गर अनि देस जापान सिंगापुर हुनेछ होइनर ???चुतिया बना भ्रस्ट अनपढ कुत्ता झोले जो अहिले का डाका दलाल नेता ले देस लाई लुटी कमाएको अकुत सम्पति बाट किनेका भाडा का अनपढ झोले लाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *