बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् ।
दाङ क्षेत्र नम्बर ३ को १ बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित चौधरी अहिले पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री छन् । उनलाई दलको नेता बनाउन कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायत नेताहरू लागेका थिए ।
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेताका लागि डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र वीरबहादुर राना आकांक्षी थिए ।
२७ जना सांसद रहेको कांग्रेसमा १५ जना संस्थापन र १२ जना इतर समूहमा रहेका छन् ।
