एपीएफ आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

पोखरा । साविक विजेता नेपाल एपीएफ क्लब पोखरामा जारी २२ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको  पहिलो क्वाटरफाइनल खेलमा धरान एफसीलाई २-० गोलले हराउँदै एपीएफले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको हो ।

पोखरा रंगशालामा भएको खेलमा एपीएफलाई जीत दिलाउन बिकु तामाङ र युवराज खड्काले समान एक-एक गोल गरे । एपीएफले दुवै हाफ पहिलो हाफमा गरेको हो । ३६ औं मिनेटमा बिकुले गोल गर्दै एपीएफलाई शुरुवाती अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा युवराजले गोल गर्दै एपीएफलाई २-० गोलको अग्रता दिलाएका थिए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा एपीएफ २-० गोलले विजयी भएको हो । जीतसँगै एपीएफ सेमिफाइनलमा प्रवेश गर्दा पराजीत धरान प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *